जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुका माग सम्बोधनको प्रक्रिया सुरु भएको बताएका छन्।
शनिबार नवनियुक्त मन्त्रीलाई शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा जेल परेका साथीहरु पनि छुट्ने बताए।
'प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिनु भएको छ', उनले भने, 'माग सम्बोधनको एउटा प्रक्रिया सुरु भएको छ।'
जसपाको महन्थ ठाकुर पक्ष शुक्रबार सरकारमा सहभागी भएको थियो। सरकारलाई हेर्ने दृष्टिकोणमा दुई धार हुँदा जसपा विभाजनमा पुगेको छ।
उनले जनताको हितको पक्षमा काम गर्न मन्त्रीहरुलाई निर्देशनसमेत दिए।

प्रतिक्रिया