प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हटाउने भएका छन्।
त्रिपाठीको ठाउँमा एमालेका नेता शेरबहादुर तामाङलाई जिम्मेवारी दिने तयारी भएको छ।
स्रोतका अनुसार त्रिपाठीको आजै विदाइ हुनेछ। तामाङले आजै शपथ लिने/नलिने निश्चित भएको छैन।
माधव नेपाल समूहमा रहेका तामाङ केहि महिनापहिले ओली गुटमा प्रवेश गरेका हुन्।
प्रधानमन्त्री ओलीले आज जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाउँदैछन्। यस्तै एमालेकै केही नेतालाई आजै सरकारमा सहभागी गराउँदैछन्।
ओलीले अर्थमन्त्री विष्णु पौडेल, एमाले नेता रघुवीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउने भएका छन्।
3
Shares
प्रतिक्रिया