मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा र हेरफेर गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट सरुवा भएकामा ऊर्जा, पर्यटन, उद्योग, श्रम र शिक्षा मन्त्रालयका सचिवहरु रहेका छन्।
बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सञ्जय शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र शिक्षा मन्त्रालयका सचिव खगराज बराललगायत रहेका छन्।
यीमध्ये कुनैलाई मन्त्रालयमा साटफेर गरिएको स्रोतले जानकारी दिए पनि निर्णय सार्वजनिक भइसकेको छैन।
3
Shares

प्रतिक्रिया