राजनीति


रास्वपाको पहिलो केन्द्रीय समिति बैठक, यस्ता छन् निर्णय

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक, यस्ता छन् निर्णय

नेपालखबर
असार १७, २०८३ बुधबार १४:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय समितिको बैठकले विभिन्न निर्णय गरेको छ। 

बुधबार नवनिर्वाचित पदाधिकारीका र केन्द्रीय सदस्यको शपथ लगत्तै केन्द्रीय समितिको बैठक बसेको हो। बैठकले पहिलो महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकालले पार्टीका विभिन्न आयोगको नेतृत्व चयन गरिएको बताए। उनका अनुसार, केन्द्रीय समितिले निर्वाचन, लेखा र अनुशासन आयोगमा नेतृत्व चयन गर्ने निर्णय गरेको छ। 

निर्वाचन र लेखा आयोगमा पुरानै नेतृत्वलाई कायम राख्ने निर्णय भएको ढकालले जानकारी दिए। अनुसशान आयोगमा भने नयाँ नेतृत्व चयन भएको छ। 

अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ। कास्कीका पौडेल पूर्वन्यायाधीश हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad