राजनीति


भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको हो: परराष्ट्रमन्त्री खनाल

भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको हो: परराष्ट्रमन्त्री खनाल

नेपालखबर
असार १७, २०८३ बुधबार १४:२८, काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गरेको प्रस्टीकरण दिएका छन्। 

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने क्रममा खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको बताए। यस घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय भएको नपाइएको पनि बताए। 

‘दार्चुला जिल्ला भारतीय हेलिकप्टर नियोजित एवं गलत मनशायले नेपाल नेपालको भूभाग प्रवेश गरेको नेदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्ध अधिकारीहरु र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भईरहेको छ,’ खनालले भने। 

उनले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको बताए। ‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको छ,’ खनालले भने, ‘नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या र समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको सम्मानित सदनलाई अवगत नै छ।’

मन्त्री खनालले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी गरे। ‘गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो। परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु,’ खनालले भने, ‘केही दिन अगाडि भारतले आफनो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ।’

मन्त्री खनालले सरकारले भारतसँगको निर्यात व्यायारमा देखिएको समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको बताए। ‘भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरुसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास संवादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad