राजनीति


नयाँ पार्टी गठनबारे ठाकुरले थाले आफूनिकटसँग छलफल

नयाँ पार्टी गठनबारे ठाकुरले थाले आफूनिकटसँग छलफल

नेपालखबर
जेठ १९, २०७८ बुधबार ८:११,

विभाजनको डिलमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको बैठक बसिरहेको छ।

बबरमहलस्थित सम्पर्क कार्यालयमा ठाकुरसहित महतो, सर्वेन्द्रनाथ शुक्ल, शरतसिंह भण्डारी, प्रमोद साह लगायतका कार्यकारिणी समितिका सदस्यबीच छलफल भइरहेको हो।

पार्टीभित्र कारबाहीको श्रृंखला चलेपछि जसपा विभाजन भइसकेको छ।

औपचारिकरुपमा विभाजन हुँन बाँकी पार्टीमा आगामी दिनमा कसरी जाने भन्नेबारेमा छलफल भइरहेको एक नेताले बताए।

अध्यक्ष उपेन्द्र यादवले मंगलबार ठाकुरसहित महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निकालेको घोषणा गर्दै निर्वाचन आयोगमा पत्र पठाएका थिए।

त्यस लगत्तै ठाकुरले पनि उपेन्द्र यादवलाई एकता विरोधी गतिविधि गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नहुनेगरी कारबाही गरेका थिए।

जसपाको कार्यकारिणीमा ठाकुर पक्ष अल्पमतमा छ। प्रतिनिधि सभा विघटन भएकोले ठाकुर पक्षले जसपा विभाजन गर्न सक्ने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .