समाज


१९ वर्ष माथिकाले मात्र ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन पाउने, खुल्यो आवेदन

१९ वर्ष माथिकाले मात्र ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन पाउने, खुल्यो आवेदन

नेपालखबर
जेठ १९, २०७८ बुधबार ८:१,

तर यस पटकबाट भने गोर्खा भर्ती प्रक्रियामा केही फेरबदल गरिएको छ।

बृटिस गोर्खा नेपालका अनुसार यसपटक १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले मात्र गोर्खा भर्ती प्रक्रियामा भाग लिन पउनेछन्।

यसअघि साढे १७ वर्षमा प्रवेश गरेकाले २१ वर्षको उमेरसम्म गोर्खा भर्तीमा भाग लिन पाउँथे।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा इच्छुक सबैले अनलाईनमा आवेदन दिनसक्ने जनाइएको छ।

आवेदकहरुले एप्लिकेशन फारम तथा अरु दर्ताको लागि चाहिने कागजपत्रहरु स्क्यान गरेर तथा फोटो खिचेर २८ जुन बिहान को ८ बजे देखी १६ जुलाई दिंउसो को ५ बजे भित्र अनलाइन द्वारा पेस गर्नुपर्ने हुन्छ।

दर्ताको लागि वेबसाइट ठेगाना २८ जुन बिहान ८ बजे बृटिश गोर्खाज नेपाल वेबसाइटमा राखिने छ।

ब्रिटिस आर्मी र सिंगापुर पुलिसकाे शैक्षिक याेग्यता

- सन् २०१६ साल सम्ममा नेपालमा एस. एल. सी. दिएको भए न्युनतम तेस्रो श्रेणीमा उतिर्ण भएको हुनुपर्नेछ।

- सन् २०१६ पछि नेपालमा एस. इ. इ. दिएको भए न्युनतम ५ x C ग्रेड  हुनुपर्ने। गणित र अंग्रेजीमा कम्तीमा C ग्रेड अनिवार्य हुनुपर्ने।

- GCSC, O LEVEL वा अन्य एस. एल. सी. तथा एस.इ.इ. सरहको प्रमाणपत्रहरु छन् भने न्युनतम ५ बिसयहरुमा C ग्रेड अनिवार्य हुनु पर्ने। अंग्रेजी र गणितमा कम्तीमा C ग्रेड हुनुपर्ने । 

- एस. एल. सी. तथा एस.इ. इ. कम्पार्ट पास (प्राइभेट एस.एल.सी. र खुला शिक्षा) लाई स्वीकार गरिने छ। CTEVT (प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद) को प्रामाण पत्र स्वीकार्य हुने छैन। 

याे पनि: लाहुरे सपनाः ब्रिटिस गोर्खा भर्ती हुनेको संख्या घट्यो, प्रतिस्पर्धा बढ्यो

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad