नेकपा एमालेका ओली र नेपाल पक्षका दोस्रो तहका नेताले पार्टीमा एकता कायम गर्ने प्रयास जारी राखेका छन्।
यसै क्रममा उनीहरूबीच याक एन्ड यति होटलमा सोमबार राति अबेरसम्म छलफल भएको छ।
पार्टीमा एकता कायम गर्ने प्रयासअनुरूप दुई पक्षका दोस्रो तहका नेताबीच भेटवार्ता भएको माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले नेपालखबरलाई जानकारी दिए।
‘भेटवार्ता भएको हो, हाम्रो फोन सम्पर्क पनि जारी छ,’ नेता पाण्डेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘विस्तृत कुरा पछि गरौंला।’
सोमबार रातिको भेटवार्तामा अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेता पाण्डेसहित घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी भएका थिए।
पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने गरी वार्ता भएको स्रोतले जनाएको छ।
एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा एमालेका दुई पक्षका दोस्रो वरियताका नेताबीच छलफल भएको हो।
यो पनि : आज एमाले स्थायी कमिटी बैठक बस्दै, स्पष्टीकरण नदिएका १२ नेतालाई के गर्ला?

प्रतिक्रिया