प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको बहसमा सहभागी विपक्षी वकिलको आलोचना गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिवाद गरेका छन्।
विपक्षी गठबन्धन तर्फका अधिवक्ताहरूले सर्वाेच्च अदालतले गठन गरेको संवैधानिक इजलासप्रति नै प्रश्न उठाएपछि सोमबार प्रधानमन्त्री ओलीले ‘कालो कोटधारी’ अराजक भएको आरोप लगाएका थिए।
यो पनि : पहिले सत्तै सुम्पिइएको सर्वोच्च अदालतप्रति अहिले इजलास गठनमै अविश्वास किन?
यसैको प्रतिवाद गर्दै कांग्रेस प्रवक्ता शर्माले समस्या कालो कोटमा होइन, कालो सोचमा भएको टिप्पणी गरेका हुन्।
यस्तै प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध अभिव्यक्ति दिने पूर्व प्रधानन्यायाधीशहरूको पनि आलोचना गरेका थिए।
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता,’ प्रवक्ता शर्माले भनेका छन्, ‘विवेक बोल्ने पूर्व प्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनीतिक दर्शन चैं दिव्यज्ञान!’
प्रवक्ता शर्माले प्रधानमन्त्रीजस्तो उच्च पदको गरिमा खस्काउने अभिव्यक्ति नदिन पनि ओलीलाई चेतावनी दिएका छन्।
‘सम्माननिय व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब,’ उनले भनेका छन्।
Shares

प्रतिक्रिया