राजनीति


‘त्यसपछि ओलीको उपादेयता सकिने र नयाँ खिलराजको अभ्यास हुने उनले बताएका थिए’

‘त्यसपछि ओलीको उपादेयता सकिने र नयाँ खिलराजको अभ्यास हुने उनले बताएका थिए’

नेपालखबर
जेठ १५, २०७८ शनिबार १०:७,

नेकपा–एमालेका नेता घनश्याम भूसालले अहिले भइरहेका राजनीतिक घट्नाक्रम नियोजितरुपमै अघि बढाइएको हुनसक्नेतर्फ संकेत गरेका छन्।

उनले आफूहरुले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध किन उभिनपर्यो भन्ने स्पष्टीकरण समेत दिएका छन्।

गणतन्त्र दिवसको अवसर पारेर नेपालको राजनीतिक व्यवस्थालाई नै खतरा हुनेगरी प्रधानमन्त्री ओलीबाट समेत केकस्ता कदमहरु चालिएका छन् भन्ने उनले उल्लेख गरेका छन्।

‘म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन। दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु,’ उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ। त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो। तर पोहोर सालको बैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु।’

भूसालका अनुसार उनले नेकपाको विवाद समाधान नहुने बताएका थिए।

‘अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ, संविधानले काम गर्दैन,’ ती व्यक्तिले भनेको कुरा भूसालले स्मरण गरेका छन्, ‘त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ। नयाँ खिलराजहरुको अभ्यास हुनेछ। त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलाई धकेलिने छ।’

ती व्यक्तिले भनेजस्तै घटनाहरु जस्ताको त्यस्तै अगाडि बढिरहेको भूसालको बुझाइ छ। ‘अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ। एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु,’ भूसालले भनेका छन्, ‘तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङघनको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ। मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहने नेपालको आकांक्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ।’

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना भन्दै उनले आफ्नो भनाइ टुंग्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad