राजनीति


पानी नपर्दा किसान मारमा परेका छन्, राहतको व्यवस्था गर्नुपर्छ: मिना सिंह रखाल

पानी नपर्दा किसान मारमा परेका छन्, राहतको व्यवस्था गर्नुपर्छ: मिना सिंह रखाल

नेपालखबर
असार १५, २०८३ सोमबार १३:२५, काठमाडौँ

नेकपा (एमाले)की सांसद मिना सिंह रखालले किसानलाई मल, बीउको व्यवस्था नगरेको भन्दै सरकारको आलोचना गरेकी छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रखालले अनावृष्टि र अतिवृष्टिका कारण किसान मारमा परेको स्मरण गराइन्। किसानलाई तत्काल राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरिन्। किसानको पीडालाई बेवास्ता गरेमा मुलुकमा खाद्य संकट आउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन्। 

‘आज धान दिवस। मौसम प्रतिकूलताका कारण धेरै किसानले धान रोप्न त परै जाओस्, धानको बीउ समेत राख्न पाएका छैनन। कतै पानीको अभाव छ। कतै अत्याधिक वर्षाले बगाएको छ,’ उनले भनिन्, ‘समयमा नै रोपाई हुन नसक्दा उत्पादन घटने र किसानको आयमा प्रत्यक्ष असर पर्ने निश्चित छ।’

उनले समयमा नै रोपाई हुने अवस्था नभएकाले अब किसानको उत्पादन घटने र त्यसले मुलुकको अर्थतन्त्रमा पनि प्रभावित पार्ने बताइन्।

‘कृषिप्रधान देश भनेर मात्रै पुग्दैन। किसानलाई समयमा नै मल, विउ, सिँचाई, कृषि विमा र राहत उपलब्ध गराउनु सरकारको दायित्व हो। किसानको पीडाको बेवास्ता गरियो भने खाद्य सुरक्षा नै संकटमा पर्न सक्छ,’ उनले भनिन्, ‘त्यसैले सरकारसँग मेरो माग छ- प्रभावित किसानको तथ्यांक संकलन गरी राहतसहित आवश्यक कृषि सहायता उपलब्ध गराइयोस्।’

सांसद रखालले रोपाईका लागि आवश्यक कृषि सहायता सामग्री किसानलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad