राजनीति


बजेट भाषणअघि राष्ट्रपतिले जारी गरिन् यससम्बन्धी तीन अध्यादेश

बजेट भाषणअघि राष्ट्रपतिले जारी गरिन् यससम्बन्धी तीन अध्यादेश

नेपालखबर
जेठ १५, २०७८ शनिबार ९:५५,

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी गरेकी छिन्।

राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले तीनवटा अध्यादेश जारी गरेकी हुन्।

आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै छन्।

यसपटक संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउनलागेको हो।

budget2078 adhyadesh

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad