राजनीति


ठाकुरसहित ४ नेतालाई जसपाको दोस्रो पत्र, २४ घण्टाभित्र जवाफ नआए निष्काशन

ठाकुरसहित ४ नेतालाई जसपाको दोस्रो पत्र, २४ घण्टाभित्र जवाफ नआए निष्काशन

नेपालखबर
जेठ १५, २०७८ शनिबार ७:४५,

जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहित ४ नेतालाई स्पष्टीकरण नआएको भन्दै पत्र पठाएको छ।

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टीकरण माग्दै पत्र पठाएको थियो।

चारै नेताले स्पष्टीकरण नबुझाएपछि आज पुन : स्ष्टीकरण माग्दै पत्र पठाइएको हो।

'जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकको निर्णय नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनि स्पष्टीकरणको जवाफ प्राप्त हुन नबएकोले दोस्रो पटक पुन: यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण लिइ आउन अनुरोध छ', पत्रमा भनिएको छ।

पत्र प्राप्त गरेको म्याद भित्र चित्तबुझ्दो सन्तोषजनक जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशनसमेत हुने चेतावनी दिइएको छ।

विभाजनको संघारमा रहेको जसपा भित्र एकले अर्कोलाई स्पष्टीकरण सोधेका थिए। यस अघि ठाकुरले यादवलाई पार्टी निर्णय विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।

सरकारलाई हेर्ने दृष्टिकोणमा एकमत नहुँदा जसपा विभाजनको संघारमा छ।

mahanta spastikaran

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .