ad ad

राजनीति


जसपाको कार्यकारिणी समिति बैठक जारी

जसपाको कार्यकारिणी समिति बैठक जारी

नेपालखबर
जेठ ८, २०७८ शनिबार १०:४१,

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।

पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकमा ३१ जना कार्यकारिणी सदस्य सहभागी छन्।

यस्तै राष्ट्रिय सभाका २ सहित प्रतिनिधि सभाका समेत बहुमत सदस्य उपस्थित भएको जसपाका प्रभावशाली नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

जसपाले पार्टी भित्र देखा परेको विवाद लगायतका विषयमा छलफल गर्न आज र भोलिको लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो।

तर बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगयतका नेता सहभागी नभएको राईले बताए।

दुई अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैठक बोलाइएको हो तर ठाकुर जी र राजेन्द्र जीले मध्यराति राष्ट्रपति भेटेर चिया खाएर आउनु भएछ र असंवैधानिक कदम चाल्ने कुरामा सहयोग गर्नु भयो अहिले बैठकमा हामी यसको समीक्षा गर्दैछौं,' राइले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .