ad ad

खेल


रियल मड्रिड वा एथ्लेटिको आज को बन्ला ला लिगा च्याम्पियन? यस्तो छ अवस्था...

रियल मड्रिड वा एथ्लेटिको आज को बन्ला ला लिगा च्याम्पियन? यस्तो छ अवस्था...

नेपालखबर
जेठ ८, २०७८ शनिबार १०:१०,

यसपटक उपाधिको होडमा एथ्लेटिको मड्रिड र रियल मड्रिड मात्र जीवित छन्।

आजै यी दुवै क्लबबीच भिन्दा–भिन्दै खेलमा प्रतिस्पर्धा हुँदैछ। अंक तालिका अनुसार ३७ खेलमा एथ्लेटिको मड्रिडको ८३ अंक छ।

दोस्रो स्थानको रियल मड्रिडको त्यति नै खेल खेल्दा ८१ अंक छ। अर्थात् एथ्लेटिको रियल मड्रिडभन्दा २ अंकले अगाडि छ।

रियल मड्रिड र एथ्लेटिको मड्रिडले आज नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेट जाँदा एकै समयमा प्रतिस्पर्धा गर्दैछन्।

रियल मड्रिडले भिल्ला रियलसँग खेल्दैछ भने एथ्लेटिको मड्रिडले भालाडोलिडसँग खेल्दैछ।

यस्तो छ खेलकाे अवस्था...

यी उपाधि होडमा रहेका दुई क्लबको खेलको नतिजाले एकअर्कालाई उपाधिको होडमा असर पुर्‍याउने हुनाले यी खेलहरु निकै महत्वपूर्ण मानिएको छ।

तर पनि २ अंकले अगाडि रहेको एथ्लेटिको मड्रिड उपाधि होडमा बलियो छ।

कारण एथ्लेटिको मड्रिडले भालाडोलिडसँगको खेलमा जित निकाले मात्र उसले सिधै उपाधि उचाल्नेछ।

यस्तो अवस्थामा रियल मड्रिडले जित निकाले पनि त्यसको कुनै अर्थ रहँदैन। रियल दोस्रो स्थानमै सीमित रहनेछ।

तर एथ्लेटिको हारेमा अथवा उसले ड्र खेलेमा भने रियल मड्रिडले उपाधि जित्ने सम्भावना छ।

यो अवस्थामा रियल मड्रिडले खेलमा जित निकाल्नै पर्नेहुन्छ। एथ्लेटिकोले हारेमा र रियलले खेल जितेमा उसले एक अंकले शीर्ष स्थानमा उक्लिएर उपाधि जित्ने सम्भावना हुन्छ।

यस्तै एथ्लेटिकोले खेलमा ड्र गरेमा र रियलले खेल जितेमा रियल मड्रिडले उपाधि उचाल्ने सम्भावना छ।

किनभने यस्तो अवस्थामा दुवैको समान ८४–८४ अर्थात अंक बराबरी हुनेछ र हेड टु हेडको आधारमा यस सिजन रियल मड्रिड विजेता बन्नेछ।

किनभने यसपटक रियल र एथ्लेटिकोबीच भएको दुई खेलमा एकमा बराबरी भएको थियोभने अर्को खेलमा रियलले जित निकालेको थियो।

रियलले उपाधि रक्षा गर्ने सम्भावना कायम गर्न खेलमा जित निकाल्नै पर्ने आवश्यकता हुन्छ। तर हार र ड्र मात्र भएमा एथ्लेटिकोले खेलमा जित नै ननिकाली उपाधि उचाल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .