राजनीति


प्रेस सल्लाहकार सूर्य थापा भन्छन् : प्रधानमन्त्रीले पद त्यागिसक्नु भो !

प्रेस सल्लाहकार सूर्य थापा भन्छन् : प्रधानमन्त्रीले पद त्यागिसक्नु भो !

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ४:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिईकन एकैचोटि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको दाबी गर्दै आलोचना भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘मार्गप्रशस्त’ भनेकै पद त्याग गरेको बुझ्न आग्रह गरेका छन्।

सरकार गठनका लागि दिइएको समयसीमा (अपराह्न ५ बजे) नजिँकिँदै गर्दा सल्लाहकार थापाले प्रधानमन्त्रीले पद त्याग गरिसकेको दाबी गरेका हुन्।

‘मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू,’ शुक्रबार बिहान थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त!’

अगाडि व्यंग्य गर्दै थापाले भनेका छन्, ‘के को सारंगी -र्‍याइँर्‍याइँ भयो, जीवन तिरिमिरी झ्याइँ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad