राजनीति


हाम्रो आक्रमणबाट हमासको क्षमता वर्षौं पछाडि धकेलियो, हिंसा चाँडै रोकिन्छः इजरायल

हाम्रो आक्रमणबाट हमासको क्षमता वर्षौं पछाडि धकेलियो, हिंसा चाँडै रोकिन्छः इजरायल

नेपालखबर
जेठ ५, २०७८ बुधबार ११:५०,

हालै इजरायलले गाजास्थित हमासको सेना प्रमुख मोहम्मद देइफलाई मार्न ७० पटकभन्दा बढी हवाई आक्रमण गरेको छ।

यस आक्रमणबाट दुई हमासका लडाकुको मृत्यु भएको छ। यो आक्रमणसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको क्षमता वषौं पछाडि धकेलिएको दाबी गरेका छन्।

जवाफमा हमासले दक्षिण इजरायली क्षेत्रको एउटा एयरबेसमा आक्रमण गरेको जानकारी दिएको छ।

दुवै पक्षबीच युद्धविराम गराउने प्रयास भइरहेका छन्। फ्रान्सले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा इजिप्ट र जोर्डनसँग मिलेर हिंसा रोक्न प्रस्ताव गरेका छन्। अमेरिकाले युद्धविरामको प्रयासमा बाधा पुर्याइरहेको छ।

तर पनि अमेरिकाले युद्ध हुन नहुने धारणा राख्दै आएको छ। पछिल्लो १० दिनदेखि जारी हिंसामा अहिलेसम्म् २१९ जनाको मृत्यु भइसकेको छ।

गाजामा नियन्त्रण रहेको हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा मारिएकामध्ये लगभग एक सय महिला र बालबालिका छन्।

इजरायलले आफ्नो कारवाहीमा १५० हमासका लडाकु मारिएको बताएको छ भने आफ्ना १२ नागरिकको ज्यान गएको जनाएको छ।

इजरायलका अनुसार हमासले उसको क्षेत्रमा पौने चार हजार रकेट बम प्रहार गरिसकेको छ।

नेतन्याहुले इजरायलको आक्रमणबाट हमास कमजोर बनेको र उसको क्षमता कयौं वर्ष पछाडि धकेलिएकाले हिंसा चाँडै रोकिने पनि जनाएको छ।

प्रधानमन्त्री नेतन्याहु भन्छन्,‘हाम्रो आसपासको दुश्मन देख्न सक्छन् कि हामी आफूविरुद्धको आक्रमणको मूल्य कसरी असुल्छौं।’

मुसलमानहरुलाई इजरायलका विभिन्न स्थानबाट विस्थापित बनाउन खोजिएको र जेरुसलेमस्थित अल–अक्सा मस्जिद वरपर इजरायली सेना तथा प्रहरी तैनाथ भएपछि हमासले पवित्रस्थलमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो।

तर प्रहरी र सेना सो क्षेत्रबाट नहटेपछि हमासले इजरायलमा रकेट प्रहार गरेको थियो। त्यसयता द्वन्द्व निकै चर्किएको हो।

याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)

इजरेल–प्यालेस्टाइन विवादः ती समाधान नभएका मुद्दा जसले हिंसा भड्कायो

सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad