ad ad

समाज


मोरङमा युवतीको हत्या, देवर पक्राउ

मोरङमा युवतीको हत्या, देवर पक्राउ

नेपालखबर
जेठ ५, २०७८ बुधबार ११:३४,

मोरङमा एक युवतीको हत्या भएको छ। बुधबार बिहान मोरङको रंगेली नगरपालिका ३ स्थित तिलुवा चोकको नहरमा २४ वर्षीया अनिता यादवको शव फेला परेको हो।

उनको हत्या देवर नाता पर्ने १९ वर्षीय बिनोद यादवले गरेको प्रहरीको आशंका छ।

अनिता र बिनोदबिच मंगलबार साँझ विवाद भएको पाइएको मोरङका डीएसपी मानबहादुर राईले बताए।

मंगलबार बेलुका ८ बजेतिर बिनोदले धारिलो हतियार दाउले घाँटीमा प्रहार गरी घटनास्थलमा नै हत्या गरेको खुल्न आएको डीएसपी राईले बताए।

बिनोदलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा प्रयोग भएको दाउ तथा अभियुक्तले लगाएको कपडा समेत प्रहरीले बरामद गरेको जनाएको छ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा ईलाका प्रहरी कार्यालय रंगेलीले थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .