सो क्रममा इजरायलको कारवाहीमा प्यालेस्टाइनका ४१ बालबालिकासहित १५० को मृत्यु भइसकेको छ।
यस्तै प्यालेस्टाइनको इजरायल विरोधी संस्था हमासको आक्रमणमा इजरायलका १० जनाको मृत्यु भएको अल्जाजिराले जनाएको छ।
यसबीचमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध कडा प्रतिक्रिया दिन जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेतान्याहूले भनेका छन्,‘आक्रमणको दोषी हामी होइनौँ हामीमाथि आक्रमण गर्नेहरू दोषी हुन्।’
यस्तै बीबीसीका अनुसार आइतबार सबेरै गाजामा इजरायली हवाई आक्रमणका कारण कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको छ।
प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेको बताइएको छ।
अन्तर्राष्ट्रिय समुदायले इजरायल र प्यालेस्टाइन दुवैलाई द्वन्द्व अन्त्य गर्न आग्रह गर्दै आएका छन्।
शनिबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै द्वन्द्व कसैका लागि फाइदाजनक नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
याे पनि: प्यालेस्टाइन र इजरेलको आकाशभर रकेट बमकाे वर्षा, ७४ को मृत्यु (फोटो/भिडिओ)
- सुरक्षा कवच ‘आइरन डोम’ जसले इजरेललाई हमासको सयौं रकेटबाट बचायो

प्रतिक्रिया