सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री वालेन्द्र शाहलाई हटाउने भनि गलत नियतका साथ अपव्याख्या गरिएको बताएका छन्।
बुधबार सञ्चारकर्मीहरूले प्रधानमन्त्री शाहलाई संसदीय दलको नेताबाट जुनसुकै बेला पनि हटाउन सक्ने भनि राखिएको प्रावधानबारे जिज्ञासा राखेपछि उपनेता पराजुलीले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले विधानमा पार्टी संसदीय दलको नेता मात्रै नभएर पार्टी सभापति रवि लामिछाने, उपनेतालाई पनि हटाउन सक्ने प्रावधान राखिएको तर संसदीय दलको नेता मात्रै हटाउने प्रावधान राखिएको भनेर त्यसको अपब्याख्या गर्न खोजिएको दाबी गरे।
उनले पार्टीको विधान कुनै व्यक्ति वा पदलाई हेरेर भन्दा पनि पार्टीको प्रभावकारितालाई हेरेर बनाउने भएकाले सोही अनुसार बुझ्न उपयुक्त हुने धारणा समेत राखे।
Shares

प्रतिक्रिया