काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त भएका छन्।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले रिक्त विकास आयुक्त पदमा काठमाडौँका शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।
जानुका ढकालको कार्यकाल सकिएपछि तत्कालीन सहरी विकास मन्त्रालयले वैशाख १७ गते नयाँ विकास आयुक्त नियुक्तिको प्रक्रिया अघि बढाएको थियो।

प्रतिक्रिया