ad ad

राजनीति


चार नेताको कारबाही फिर्तापछि योगेश भट्टराईको प्रतिक्रिया: अब सहमति गर्नुपर्छ

चार नेताको कारबाही फिर्तापछि योगेश भट्टराईको प्रतिक्रिया: अब सहमति गर्नुपर्छ

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ६:२८,

नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीभित्रका चार नेतामाथिको कारवाही फुकुवा गरेर सकारात्मक पहल भएको बताएका छन्।

बिहीबार एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेको थियो।

चैत १६ र १९ गते ६ महिनाका लागि निलम्बन गर्ने भनी गरेको कारबाही फुकुवा गर्ने निर्णय सार्वजनिक भएको केहि मिनेटभित्रै भट्टराईले सामाजिक सञ्जालमा सो प्रतिक्रिया जनाएका हुन्।

उनले यसअघि गरिएको कारबाही गल्ती भएको पनि बताउँदै अब सहमति गरेर जानुपर्ने धारणा राखेका छन्।

‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो,’ भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ।’

एमालेमा नेपाल पक्षका सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका बेला नेपाल पक्षमै रहेका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

पछिल्ला केहि दिन अध्यक्ष केपी शर्मा ओलीप्रति तुलनात्मकरुपमा नरम बन्दै गएका भनिएका भट्टराईले यो निर्णायक मोडमा दिएको प्रतिक्रिया अर्थपूर्ण रहेको छ।

यो पनिः 
एमाले स्थायी समिति: माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .