ad ad

राजनीति


एमाले स्थायी समिति : माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

एमाले स्थायी समिति : माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ५:३५,

नेकपा–एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।

नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरिएको थियो।

सो कारबाही आजको बैठकले फुकुवा गरेको स्थायी समिति सदस्य विष्णु रिमालले बताए।

एमालेले गत चैतमा चार नेतालाई पार्टी हितविपरित गतिबिधि गरेको भनी ६ महिनाका लागि निलम्बन गरेको थियो।

यो पनिः

ओलीले भने– नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य छ

ओलीको १० बुँदे स्पष्टीकरणमा नेपालका १३ प्रतिप्रश्न (पूर्णपाठ)

भीम रावलले बुझाए प्रतिप्रश्नले भरिएको स्पष्टीकरण (पूर्णपाठ) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .