खेल


सुपर लिगको आज एलिमिनेटर खेल, ललितपुरले काठमाडौंसँग भिड्ने

सुपर लिगको आज एलिमिनेटर खेल, ललितपुरले काठमाडौंसँग भिड्ने

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ६:२५,

नेपाल सुपर लिगको एलिमिनेटर खेलमा बिहीबार ललितपुर सिटी एफसी र काठमाडौ रेजर्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल काठमाडौंको दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

आजको खेलको विजेताले उपाधिका लागि शनिबार धनगढी एफसीसँग खेल्नेछ। निकै प्रतिस्पर्धात्मक खेलमा धनगढीले काठमाडौलाई २–१ ले हराएर उपाधि नजिक पुगेको हो।

पराजित काठमाडौंले फाइनलमा स्थान बनाउनका लागि पुनः प्रतिस्पर्धा गर्न लागेको हो। लिग चरणको खेलमा शीर्ष स्थानमा रहेर प्ले अफमा पुगेको काठमाडौं उपाधि उचाल्न चाहन्छ।

उता प्ले अफको दोस्रो खेलमा हिजो बुटवल लुम्बिनीलाई १–० ले हराउँदै ललितपुरले एलिमिनेटर खेल्न लागेको हो। प्लेअफको दोस्रोे खेल खेलेको २४ घण्टा बित्न नपाउँदै ललितपुरले एलिमिनेटर खेल्न लागेको हो।

सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै एलिमिनेटर सम्मको यात्रा तय गरेको हो।

नेपाल स्पोट्र्स एण्ड म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा ७ फ्रेन्चाइज सहरका ७ टोलीको सहभागिता रहेको छ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट र उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .