राजनीति


साम्राज्यवाद र फासीवादविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यवद्धता आवश्यक: मोहनविक्रम सिंह

साम्राज्यवाद र फासीवादविरुद्ध अन्तर्राष्ट्रिय ऐक्यवद्धता आवश्यक: मोहनविक्रम सिंह

नेपालखबर
असार १८, २०८३ बिहिबार २०:०, काठमाडौँ

नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवाद र फासीवादविरुद्ध विश्वव्यापी रूपमा ऐक्यवद्धताको आवश्यकता रहेको बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्। हालै जर्मनी र बेलायत (यूके) सहित युरोपका विभिन्न देशहरूको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका महामन्त्री सिंहले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै साम्राज्यवाद र फासीवादविरुद्धको एकता अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले व्यक्त गरेका विचारले ती मुद्दाहरू र शान्तिको पक्षमा गम्भीर ऐक्यवद्धता प्रदर्शन गरेको उनको भनाइ थियो।

महामन्त्री सिंहले जर्मनीमा सम्पन्न एक वृहत कार्यक्रममा पनि यी विषयहरूमा विस्तृत छलफल भएको स्मरण गर्दै यसबारे अन्तर्राष्ट्रिय रूपमा निरन्तर प्रयत्न भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad