नेपाल आयल निगमले काठमाडौँका ८ र पोखराका ६ गरी कुल १४ वटा पेट्रोल पम्पमा लगाएको ताला खोलिएको छ।
इन्धन नभएको भन्दै तेल वितरण नगरेका पम्पहरूमा निगमले तत्कालका लागि तालाबन्दी गरेको थियो। निगमको अनुगमनका क्रममा इन्धन नभेटिएपछि पुनः इन्धन उपलब्ध गराएपछि ताला खोलिएको हो।
मूल्य घटेलगत्तै देशभरका विभिन्न पेट्रोल पम्पहरूले उपभोक्तालाई तेल वितरण नगरेको र कृत्रिम अभाव सिर्जना गरेको जनगुनासो बढेको थियो।
निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पम्पहरूमा आकस्मिक अनुगमन गरेको थियो।
पम्प सञ्चालकहरूले आफ्नो पम्पमा तेल नभएको जानकारी गराएपछि निगमले पनि जाँच गरेको थियो। तेल नभेटिएपछि पुनः इन्धन उपलब्ध गराएसँगै बन्द गरिएका सबै पम्पहरूमा लगाइएको ताला खोलिएको निगमले जनाएको छ।

Shares

प्रतिक्रिया