कारोबार


टप ५० क्यान्टार ब्राण्ड जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैठौँ स्थानमा

टप ५० क्यान्टार ब्राण्ड जी चाइनिज ग्लोबल ब्राण्ड बिल्डर्समा ओप्पो छैठौँ स्थानमा

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ८:१०,

शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ र्‍यांकिङ रिपोर्ट सार्वजनिक गरिएको छ।

सो रिपोर्टमा ओप्पो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ।

विकसित बजारहरुमा ओप्पोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर वृद्धि हुँदै ३० प्रतिशतभन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ। उदीयमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ।

अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ वर्षदेखि ओप्पो सूचिमा सम्मिलित रहँदै आएको छ। साथै, कम्पनीको र्‍यांकिङ प्रभावशाली उपलब्धि र विश्वबजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ।

कार्यक्रममा उदीयमान बजारहरुमा अवसरको अन्वेषण शीर्षकमा बोल्दै ओप्पोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचीमा ओप्पोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ। विदेशी बजार प्रवेश गरिरहेका चिनिया ब्राण्ड मध्य ओप्पोले सधै उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रबर्तनात्मक उत्पादनहरु पस्किँदै आइरहेको छ। ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई मूर्तता दिँदै हामी उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने छौँ।’

चाईना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका गु्रप हेड शनशान शेङ्गले पनि ओप्पोको उपलब्धिका लागि बधाई दिँदै सम्मान व्यक्त गरे।

‘चिनिया ब्राण्डको प्रभाव विश्वब्यापी रुपमा बढ्दो छ। अझ धेरै चिनिया ब्राण्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्राण्डलाई अन्तरराष्ट्रिय मञ्चमा अझ माथी उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ। यस वर्ष सूचीमा ओप्पोले उत्कृष्टता प्रदर्शित गर्न सफल भएको छ। ग्लोबल अन्तरदृष्टि तथा संसाधनको जैविक संयोजन मार्फत आफ्ना विश्वभरका उपभोक्ताका स्थानिय आवश्यकताको सम्बोधन गर्ने ओप्पोको क्षमतालाई हामीले नजिकबाट नियालेका छौँ’, गु्रप हेड शनशान शेङ्गले भने।

क्यान्टार ब्राण्डजी ब्राण्ड इक्विटी र मूल्यांकन ज्ञान र अन्तर्दृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो। यसले विश्वभरका ११ बजारहरुमा रहेका ८ लाख ६० हजार उपभोक्ताको शोधमार्फत उद्देश्यपूर्णरुपमा विश्वव्यापी उपभोक्ताहरुको मस्तिस्कमा ब्राण्डको भ्यालू प्रस्तुत गर्दछ।

सन् २००९मा अन्तर्राष्ट्रिय अपरेसन सुरु गरेदेखि हाल कम्पनीले आफ्नो आधिकारिक उपस्थिति विश्वव्यापी ६ महाद्वीपमा रहेका ४० बजारमा जनाइसकेको छ। आईडीसीका अनुसार विश्वमै चौठौँ स्थान हात पार्दै सन् २०२१को पहिलो क्वार्टरमा ओप्पोले विश्व मार्केट सेयरको १०.८ प्रतिशत हिस्सा ओगटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad