नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीका कारण गणतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले ओली अधिनायकवादी बनेको आरोप पनि लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि आफ्ना धारणा राख्ने क्रममा उनले ओलीलाई विश्वासको मत दिन नसकिने भन्दै नयाँ सरकारको प्रक्रिया अघि बढाउन आग्रह गरे।
उनले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।
संसदमा देउवाले गरेको लिखित सम्बोधनको पूर्णपाठ
प्रतिक्रिया