समाज


अमेरिकी विज्ञ फाउची भारतलाई भन्छन्ः संक्रमितलाई सडकमा नछाडौँ, चिनियाँ मोडल अपनाऔँ

अमेरिकी विज्ञ फाउची भारतलाई भन्छन्ः संक्रमितलाई सडकमा नछाडौँ, चिनियाँ मोडल अपनाऔँ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार ११:१२,

गतहप्ता इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा फाउचीले चीनको अनुभवलाई भारतले व्यवहारमा उतार्नुपर्ने बताएका थिए।

यतिबेला एबीसी न्युजसँगको कुराकानीमा पनि फाउचीले भनेका छन्,‘चीनले एकवर्ष अगाडि कोरोनाको अस्थायी अस्पताल बनाएजस्तै भारतले तत्काल त्यस्ता अस्पताल बनाउन जरुरी छ।’

‘भारतले चिनियाँ अनुभव व्यवहारमा उतार्नैपर्छ। अस्पतालमा शय्या नभएकै कारण तपाइँ आफ्ना नागरिकलाई सडकमा छाड्न सक्नुहुन्न’ फाउची भन्छन्,‘ भारतमा अक्सिजनको अवस्था नाजुक छ। अक्सिजन नपाएरै मानिसहरु मरिरहेका छन् यो दुखद् विषय हो।’

भारत यतिबेला विश्वमै सबैभन्दा बढी कोरोनाग्रस्त मूलुक हो। त्यहाँ दैनिक ४ लाखको दरले कोरोना संक्रमित थपिरहँदा सोही अवधिमा ४ हजारभन्दा बढीको सो भाइरसको कारण ज्यान गइरहेको छ।

एकैपटक धेरै संक्रमित हुँदा त्यहाँ अक्सिजन अभाव भएको छ। अक्सिजन नपाएरै मानिसले अस्पताल बाहिर, सडकमा ज्यान गुमाइरहँदा अमेरिकी स्वास्थ्य सल्लाहकार फाउचीले ले भारतले चीनको कोरोना नियन्त्रण अनुभवबाट पाठ सिक्नुपर्नेमा जोड दिएका हुन्।

चीनले कोरोना महामारी सुरुवात भएको ३ देखि ४ महिना भित्र कोरोनाको भयावह अवस्थालाई लगभग नियन्त्रण गर्न सफल भएको थियो।

फाउचीले इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा गतहप्ता भनेका थिए,‘भारतमा धेरै खराब र हताशको अवस्था सिर्जना भएको छ। चीनले महामारीका बेला जे गर्‍यो त्यो अनुभवलाई भारतले व्यवहारमा उतार्नुपर्छ। चीनले केहीदिनमै कोरोना संक्रमितको लागि विशेष अस्पतालहरु बनाएका थिए।’

आफूले टेलिभिजनमा भारतको विषयमा समाचार हेर्दा त्यहाँको अवस्था निकै दयनीय रहेको पाएको उनले बताएका थिए।

फाउचीले चीनले देशव्यापी लकडाउन गरेर कोरोना नियन्त्रणमा लिएको बताउँदै केही महिना लकडाउन गरिएमा कोरोना नियन्त्रण गर्न पुरै ६ महिना नलाग्ने उल्लेख गरेका थिए। बीबीसी र इन्डियन एक्सप्रेसको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .