गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणबारे निर्णय गर्न राष्ट्रिय जनमोर्चा संसदीय दलको बैठक सुरु भएको छ।
गण्डकीमा नयाँ सरकार गठनका लागि जनमोर्चा निर्णायक हो। जनमोर्चाका तीन सांसद छन्।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाही नयाँ समीकरणलाई समर्थन नगर्ने पक्षमा रहेको स्रोत बताउँछ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले नयाँ सरकारको पक्षमा आफूहरु रहेको बताइसकेका छन्।
दुई सांसदले नयाँ सरकार बनाउने पक्षमा हस्ताक्षर नगरे उनीहरुलाई कारवाही गरेर अघि बढ्ने योजनासमेत रहेको स्रोत बताउँछ।
विपक्षी गठवन्धनले आजनै प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनको प्रस्ताव लिएर जाने तयारी गरेको छ।
3
Shares

प्रतिक्रिया