राजनीति


गण्डकी सरकारको छिनोफानो २७ गते

गण्डकी सरकारको छिनोफानो २७ गते

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ११:५३,

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने गण्डकी प्रदेश सभा बैठक बैशाख २७ गते बस्ने भएको छ।

बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको नेपाली कांग्रेसका सभासद विन्दुकुमार थापाले जानकारी दिए।

सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ। सो प्रस्तावमाथि त्यही दिन मतदान हुने उनले जनाए।

कार्यव्यवस्था परामर्श समिति र सर्वदलीय बैठकमा भएको लामो रस्साकस्सीपछि केन्द्रसँगै गण्डकी सरकारको भविष्यको टुंगो लाग्ने भएको हो।

यसअघि बैठक राख्नेबारेमा सहमति जुट्न नसकेको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि करिब ४ घन्टाको बसेको थियो।

बैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक सुरु हुन सकेको छैन।

सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ।

१५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो।

तर, मतदानकै दिन जनमोर्चा सांसद ‘बेपत्ता’ भएपछि दलकी प्रमुख सचेतक पियारी थापाले उनको ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएकी थिइन्। सोहि निवेदनसँगै सभामुख नेत्रनाथ अधिकारीले सभाको बैठक अनिश्चित कालका लागि स्थगन गरेका थिए।

यो पनि: 
गण्डकीमा नयाँ प्रदेश प्रमुख : विवादास्पद अभिव्यक्तिका कारण पदभार गरेकै दिन आलोचित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad