समाज


इन्डोनेसियाको विमानस्थलमा प्रयोग भइसकेको स्वाब किट ९ हजारमा पुनः प्रयोग भएपछि...

इन्डोनेसियाको विमानस्थलमा प्रयोग भइसकेको स्वाब किट ९ हजारमा पुनः प्रयोग भएपछि...

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार ११:५१,

उत्तरी सुमात्रास्थित मेडानको क्वालानामु विमानस्थलमा प्रयोग भइसकेको स्वाब किट पुनः प्रयोग भएको प्रहरीले बताएका हुन्।

प्रहरीका अनुसार गत डिसेम्बरयता यो लज्जास्पद गतिविधि भइरहेको थियो।

अधिकारीहरुका अनुसार सरकारको स्वामित्वमा रहेको औषधि निर्माता कम्पनी किमिया फर्माले सो विमानस्थलमा कोरोनाको स्वाब परीक्षण गर्ने जिम्मा पाएका थिए।

९ हजार यात्रुमा सो फर्माले प्रयोग भइसकेको स्वाब टेस्ट किट धोएर प्रयोग गरेको प्रहरीको भनाइ छ।

यतिबेला प्रहरीले सो फर्माका धेरै कर्मचारीलाई गिरफ्तार गरेर अनुसन्धान थालेको छ।

कोरोना रिपोर्ट नेगेटिभ आएको खण्डमा मात्र भ्रमण गर्न पाउने नियम भएपछि विमानस्थलमा कोरोना परीक्षण गर्न थालिएको थियो।

स्वस्थ मानिसमा कोरोना पोजिटिभ देखिएपछि एक व्यक्तिले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले अनुसन्धान गर्दा किमिया फर्मामा प्रयोग भइसकेको स्वाब टेस्ट किटलाई धोएर नयाँ प्याकेटमा राख्ने गरेको पाइएको हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad