राजनीति


स्थायी समितिमा ओलीले भनेः प्रदेशमा पार्टीभित्रैका गतिविधिले गम्भीर अवस्था ल्यायो

स्थायी समितिमा ओलीले भनेः प्रदेशमा पार्टीभित्रैका गतिविधिले गम्भीर अवस्था ल्यायो

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:५०,

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश लगायतका प्रदेशमा आफ्नै पार्टीभित्रबाट भएका गतिविधिले गम्भीर अवस्था सिर्जना गरेको बताएका छन्।

आइतबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको विषय लगायतका प्रदेशमा पार्टीभित्रैबाट उत्पन्न स्थितिले गम्भीर अबस्था ल्याएको जानकारी गराएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

‘प्रधानमन्त्री ओलीले लुम्बिनी लगायतका प्रदेशहरुमा पार्टीभित्रैबाट उत्पन्न स्थितिको गम्भीरताबारे जानकारी गराउनुभयो,’ नेम्वाङले नेपालखबरसँग भने,‘ आजको क्याबिनेट बैठक र अहिलेको पछिल्लो कोभिडले पारेको असर बारेमा छलफल भयो।’

कर्णाली प्रदेशमा नेकपा एमालेका माधव नेपाल पक्षधर चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिएपछि ओली नेपालप्रति असन्तुष्ट छन्।

उनले नेपालसहितका २७ सांसदलाई कडा खालको स्पष्टीकरण सोधेका छन्।

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पदमुक्त नै गर्नेगरी स्पष्टीकरण सोधेको भन्दै नेपाल पक्ष सर्वोच्च अदालत गएको छ।

प्रधानमन्त्री ओलीले नेता नेपालसहितका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई चैत १६ र १९ गते ६ महिनाका लागि निलम्बन गरेका छन्।

अहिले २७ जना सांसदलाई कारबाही गर्ने अख्तियारी समेत ओलीले लिएका छन्।

यो पनिः
प्रधानमन्त्री ओली शीतल निवासमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad