समाज


महाकाली अस्पताललाई १० लाख रुपैयाँ सहयोग

महाकाली अस्पताललाई १० लाख रुपैयाँ सहयोग

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ८:४७,

कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई स्वास्थ्य सामग्री खरिदका लागि रु १० लाख आर्थिक सहयोग गरेको छ।

नगरप्रमुख अशोक चन्दले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई रु १० लाखको चेक हस्तान्तरण गरे।

कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री, अक्सिजन, भेन्टिलेटरलगायत खरिदका लागि वेदकोटले आर्थिक सहयोग गरेको हो।

चेक हस्तान्तरण गर्दै नगरका प्रमुख चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले पालिकाबाट भौतिक, आर्थिक एवं नैतिक सहयोगको अपेक्षा गरिएको बताए। अस्पतालमा अक्सिजनलगायत स्वास्थ्य उपकरणको अभाव भइरहेका बेला पालिकाबाट पाइएको सहयोगले केही राहत पुगेको उनले बताए।

यसैगरी, भीमदत्त नगरपालिककाले समेत अक्सिजन खरिदका लागि अस्पताललाई रु २० लाख दिने घोषणा गरेको छ। कोरोनाको चेन तोड्नका लागि पालिकाले महाकाली अस्पतालसँग सहकार्य गरिरहेका छन्।

संक्रमितको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।

अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन्। महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो।

अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो। यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष (आईसीयू) मा उपचारका क्रममा आज मृत्यु भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad