जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शल्यक्रिया सफल भएको छ।
वीर अस्पतालमा शुक्रबार गरिएको उनको शल्यक्रिया सफल भएको डा. भट्टराईका स्वकीय रोशन पोखरेलले जानकारी दिए।
अहिले भट्टराईलाई सामान्य वार्डमा सारिएको छ। न्युरो इन्डोक्राइनको ट्युमर भएपछि डा. भट्टराईको शुक्रबार शल्यक्रिया गरिएको हो।
उनी बिहीबार अस्पताल भर्ना भएका थिए। यसअघि उनको भारतमा उपचार गरिएको थियो।
3
Shares
प्रतिक्रिया