समाज


संक्रमित पत्रकारको उपचारका लागि निश्चित अस्पतालको व्यवस्था गर्न महासंघको माग

संक्रमित पत्रकारको उपचारका लागि निश्चित अस्पतालको व्यवस्था गर्न महासंघको माग

नेपालखबर
बैशाख १७, २०७८ शुक्रबार ८:४४,

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड संक्रमण देखा परेका पत्रकारका लागि उपचार गराउनका लागि निश्चित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले स्वास्थ्य सर्तकताका मापदण्ड पालना गरेर कार्यक्षेत्रमा खटिन पनि पत्रकारहरुलाई आग्रह गरेका छन्। पोखरेलले पत्रकारिता क्षेत्र जस्तोसुकै समस्या र जोखिममा पनि काम गर्नुपर्ने क्षेत्र भएको भएपनि महामारीको समयमा सबैले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

अध्यक्ष पोखरेलले महामारीको समयमा कार्यस्थलमा खटिने पत्रकारहरुलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्। उनले कोरोनाको कारण देखाएर कुनैपनि श्रमजिवी पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिक लगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे।

महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरुलाई आग्रह गरे।

उनले जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहरिन नदिन महासंघले काम गरिरहेको बताए।

पत्रकार महासंघले समिति नै बनाएर समस्यामा परेका पत्रकारहरुको लागि तत्काल गर्नुपर्ने काम र दिगो व्यवस्थापनको क्षेत्रमा काम गर्न सुरु गरेको अध्यक्ष पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .