गण्डकी प्रदेश सभाको बैठक सांसदहरुको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै बस्ने भएको छ।
कोरोना परीक्षण गरेरमात्र सभाको बैठक बस्नुपर्ने माग गर्दै सत्तारुढ नेकपा एमालेले प्रदेश सभा बैठकअवरुद्ध गरेको थियो।
त्यसपछि २० मिनेटका लागि स्थगित भएको प्रदेश सभा वुधबार १ बजेका लागि बोलाइएको हो। अहिले प्रदेश सभा परिसरमा सांसदहरुको स्वाव संकलन थालिएको छ।
कार्य व्यवस्था परामर्श समितिमा छलफलपछि कोरोना देखिएका सांसदले प्रदेश सभामा बोल्न नपाउने तर अविश्वासको प्रस्तावमा भोट हाल्न पाउने सहमति भएको सांसद दीपक कोइरालाले बताए।
यो पनिः
- गण्डकी प्रदेशः अविश्वास प्रस्तावमा मतदान हुनुअघि सांसदको रिसोर्टमा बास
- गण्डकी प्रदेशः गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीको उम्मेदवार

प्रतिक्रिया