कोरोना संक्रमणका कारण संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति उनको निधन भएको हो।
भेरी अस्पतालको कोभिड वार्डमा दुई सातादेखि उनको उपचार चलिरहेको थियो। उनको श्वासप्रश्वासमा समस्या थियो।
सिद्धिकी पहिलो संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद निर्वाचित भएकी थिइन्। उनी मुस्लिम महिला अधिकारकर्मीका रूपमा पनि परिचित थिइन्।

प्रतिक्रिया