ad ad

राजनीति


केही दिनभित्र केन्द्रमा कायापलट हुन्छः प्रचण्ड

केही दिनभित्र केन्द्रमा कायापलट हुन्छः प्रचण्ड

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ९:२९,

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे पनि खतरा नटरेको बताएका छन्।

चितवनको माडीमा योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को कार्यक्रममा बोल्दै दाहालले केही दिनभित्र केन्द्रमा नयाँ कायापलट हुने खुलासा गरे।

केपी शर्मा ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयासमा आफूहरु रहेको दाहालले बताए।

त्यसको तयारीस्वरुप आज काठमाडौंमा राजनीतिक दलहरुसँग बैठक रहेको उनले बताए।

prachanda ycl 1

उनले निरंकुश सरकारको पतन गराएर र जनपक्षीय सरकार बनाई अब नयाँ युगको सुरुवात हुने दाबी सेमत गरे।

प्रतिगमनका विरुद्ध सडकमा आएका राजनीतिक दलको सहकार्यमा नयाँ सरकार छिट्टै बन्ने उनको भनाइ छ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथी प्रहार भइरहेको बताउँदै उनले संसद विघटनको प्रयास गरेर संघीय लोकतन्त्रिक गणतन्त्रमाथि हमला गर्ने प्रयास भएको बताए।

‘लोकतान्त्रिक गणतन्त्रमाथि हमलाको प्रयास भयो। संविधानमाथि हमला गर्ने दुस्साहस भएको छ,’ दाहालले भने, ‘७० वर्षको संघर्षपछि प्राप्त उपलव्धिमाथि प्रहार भएको छ।’

उनले फेरि एक पटक आफू जनताकोबीचमा जाने बताउँदै नवप्रतिक्रिया माथि धावा बोल्ने चेतावनी दिए।

आफ्नो निर्वाचन क्षेत्र रहेको चितवन पुगेका उनले राष्ट्रिय निकुञ्ज सँग सम्वन्धित समस्या समाधान गर्नका लागि ऐन संशोधन गर्न आवश्यक रहेको र त्यसका लागि आफूले पहल गरिरहेको बताए।

‘राष्ट्रिय निकुञ्ज र माडीका जनताको समस्या समाधानका लागि ऐन संशोधन गर्ने प्रयास गरिरहेको छु,’ दाहालले भने, ‘माडीमा पूर्वाधार निर्माणका लागि मेरो प्रयास जारी छ।’

यो पनि :
माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक, सरकारलाई दिएको समर्थन फिर्ता लिने

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न लगातार लागेका छौं, म व्यस्त छु : प्रचण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .