राजनीति


अचम्म ! मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन : प्रधानमन्त्री

अचम्म ! मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएन : प्रधानमन्त्री

नेपालखबर
बैशाख १, २०७८ बुधबार ४:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् चल्न तथा एमसीसी निर्णयार्थ प्रस्तुत गर्न नदिइएको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।

संविधानबमोजिम सरकारलाई संसदमा अध्यादेश प्रस्तुत गर्न नदिएर अनौठो परिस्थिति सिर्जना गरिएको उनले बताए।

नयाँ वर्ष २०७८ सुरु भएको दिन बुधबार बिहान देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  भने, ‘अचम्म ! मुद्दा लडेर ल्याएको संसद् चल्न नदिएर, संविधानले भनेको पहिलो दिन प्रस्तुत गर्नपर्ने अध्यादेश संसदमा प्रस्तुत गर्न नदिएर एउटा अप्रिय र अशोभनीय स्थितिको निर्माण भएको छ।’

सरकारले टेबल गरेको एमसीसी निर्णयार्थ प्रस्तुत गर्न नदिएर जिद्दीपना देखाइएको उनको आरोप छ।

‘नेपाली कंग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौं। तर टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन,’ उनले भने, ‘हामी त्यसको माग गरिरहेका छौं। त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैन।’

उनले थपे, ‘त्यो गर्नैपर्ने हुन्छ तर लानै नमान्ने जिद्दी गर्ने त्यो प्रवृत्ति हामी झेलिरहेका छौं। हामी चाहन्छौं फाटोको खेती होइन। आपसमा परस्परमा वैमनस्यता र घृणा होइन, आजको हाम्रो आवश्यकता राष्ट्रिय एकता हो।’

यी पनि :

मैले लकडाउनको धम्की दिएको छैन : प्रधानमन्त्री ओली

नयाँ वर्षमा प्रधानमन्त्रीको सम्बोधन : २०७७ सफलताकै वर्ष रह्यो (लाइभ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad