राजनीति


रास्वपा केन्द्रीय सदस्य भूगोल कोसीबाट स्वास्थ्यमन्त्री मेहतासहित यी पाँच जना निर्वाचित

रास्वपा केन्द्रीय सदस्य भूगोल कोसीबाट स्वास्थ्यमन्त्री मेहतासहित यी पाँच जना निर्वाचित

नेपालखबर
असार ११, २०८३ बिहिबार २१:४३, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट कोसी प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्य पदमा नयाँ नेतृत्व चयन भएको छ।

यस प्रदेशबाट पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने आकांक्षीहरूबीच भएको प्रतिस्पर्धाबाट स्वास्थ्यमन्त्री र सांसदहरू निर्वाचित हुन सफल भएका छन्।

निर्वाचित हुनेहरूमा स्वास्थ्य मन्त्री निशा मेहता रहेकी छन्। त्यस्तै ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद विश्वराज पोख्रेल पनि केन्द्रीय सदस्यमा चुनिएका छन्।

यसै गरी ओखलढुंगाकै अर्की महिला नेतृ शोभा कार्कीले पनि भूगोलतर्फबाट केन्द्रीय समितिमा आफ्नो स्थान सुरक्षित गरिन्। कार्की हालै सम्पन्न भएको प्रतिनिधिसभामा समानुपातिकको लागि नाम सिफारिस भएर पनि सांसदमा अटाउन नसकेकी नेता हुन्।

यसका साथै कोशी प्रदेश भूगोलकै प्रतिनिधित्व गर्दै नेतृद्वय कल्पना बस्नेत र सुजाता तामाङ पनि केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।

महाधिवेशनबाट निर्वाचित रास्वपाका अधिकांश नयाँ अनुहार हो। रास्वपाको केन्द्रीय सदस्यको लागि कोसी प्रदेश भूगोलबाट पारसमणि गेलाल, लाल विक्रम थापा, प्रकाश पाठक, सृजना लामा, प्रेम लाल चौधरी, प्रजना राई, नवीन खड्का, कल्पना थापा, भूमिनन्द बराल, वीरेन्द्र श्रेष्ठ, पीताम्बर तिमल्सिना, राजकुमार राई, कृष्णबहादुर लिम्बु, ऋतुराज लिम्बु, रमेश प्रसाद ओझा र धनेश्वर साहले भूगोलबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गराएका थिए।

यसअघि कोशी प्रदेशको महामन्त्री भइसकेका प्रतिनिधि सभा सदस्य लालविक्रम थापा र झापा जिल्ला अध्यक्ष भइसकेका सांसद प्रकाश पाठकसमेत पराजित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad