राजनीति


तक्मामा अंकित नेपालको बुच्चे नक्साबारे सरकारले दियो स्पष्टीकरण

तक्मामा अंकित नेपालको बुच्चे नक्साबारे सरकारले दियो स्पष्टीकरण

नेपालखबर
चैत २९, २०७७ आइतबार २:५३,

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने नागरिकलाई प्रदान गरिएको विभूषण (तक्मा) मा अंकित नेपालको नक्सामा भारतले अतिक्रमण गरेको भूमि नसमेटिएको भन्दै व्यापक आलोचना भएपछि सरकारले स्पष्टीकरण दिएको छ।

२०७६ असोज ३ गते संविधान दिवसका अवसरमा घोषणाअनुसार शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गरेका विभूषणमा राखिएका नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छैनन्। राष्ट्रिय रूपमा महत्त्वपूर्ण तक्मामै यसरी एकाएक अतिक्रमित भूमि गायब गरिएको भन्दै विभिन्न शंका व्यक्त गरिएपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो।

मन्त्रालयका अनुसार नेपालको नयाँ नक्सा जारी हुनुअघि नै विभूषण बनाइएकाले त्यसमा पुरानै नक्सा रहेको हो।

यस्तो छ मन्त्रालयले दिएको स्पष्टीकरण :
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूसाई संवत् २०७६ असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा भई २०७७ वैशाख १ मा वितरणको लागि तयार गरिएका विभूषणमा अंकित नेपालको नक्सा सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। घोषणा, तयारी र वितरणको प्रस्तावित समयमा रहेको नेपालको आधिकारिक नक्सा नै उल्लिखित विभूषणहरूमा अंकित भएको छ। कोभिड–१९ को कारणबाट २०७७ वैशाख १ मा वितरण हुन सम्भव नभएकोले हाल सुशोभन भएको हो। नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएपछि घोषणा भएको विभूषणमा सोहीबमोजिमको नयाँ नक्सा अंकित भएको र यसको सुशोभन आगामी २०७८ वैशाख १ मा गरिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ।

grihaspastikaran

यी पनि : 

चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर्न माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

प्रधानमन्त्री ओलीलाई भीम रावलको प्रश्न : तक्माका नक्सामा कालापानी किन गायब?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad