समाज


आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

नेपालखबर
चैत २९, २०७७ आइतबार २:३७,

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ।

घोडेजात्रा पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। नेपाली सेनाले आज टुँडिखेलमा घोडा दौड, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गर्दै छ।

हरेक वर्ष टुँडिखेलमा घोडेजात्रा हेर्न राष्ट्र प्रमुखसहित उच्च पदस्थ व्यक्तित्वहरु अतिथिको रुपमा पुग्ने गरेका छन्। यस वर्ष कोरोना संक्रमणको जोखिम बढेकाले थोरैलाई आमन्त्रित गरिएको सेनाले जनाएको छ।

गएको वर्ष कोरोना महामारीका कारण लकडाउन भएपछि कार्यक्रम स्थगित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad