ad ad

राजनीति


पुटिनका कट्टर आलोचक नभाल्नीको स्वास्थ्य अवस्था बिग्रियो, हात–खुट्टा सुन्निन थाले

पुटिनका कट्टर आलोचक नभाल्नीको स्वास्थ्य अवस्था बिग्रियो, हात–खुट्टा सुन्निन थाले

नेपालखबर
चैत २६, २०७७ बिहिबार १२:४३,

जेलमा रहेका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीको स्वास्थ्य अवस्था दिनदिनै बिग्रिन थालेको छ।

नभाल्नीको हात र खुट्टा सुन्निन थालेको बीबीसीले जनाएको छ। नभाल्नीका वकिल वादिम कोबजेवका अनुसार यतिबेला उनको शरीरले स्पर्श गर्ने क्षमता गुमाइरहेका छन्।

गत हप्तादेखि नभाल्नीले आफ्नो ढाड र खुट्टामा भइरहेको दुखाईको उपचार हुनुपर्ने भन्दै जेल भित्रै भोक हड्ताल गरेका छन्।

अमेरिकाले तत्काल यो विषयमा प्रतिक्रिया जनाउँदै नभाल्नीको उपचार हुनुपर्ने बताएको थियो।

बुधबार नभाल्नीलाई भेटेपछि वकिल बोकजेवले भने,‘नभाल्नी आफैं हिड्न सक्छन् तर हिँड्दा उनको खुट्टामा दुखाई हुन्छ। उनको स्वास्थ्य अवस्था खराब हुनु चिन्ताजनक विषय हो। उनी आफ्नो हातले स्पर्स गर्न सकिरहेका छैनन्।’

परकोवको जेलमा राखिएका ४४ वर्षका नभाल्नीलाई यसैहप्ताको सुरुवातमा स्वास्थप्रस्वास सम्बन्धी बिरामीको लक्षण देखिएको थियो। त्यसपछि उनलाई जेलको विरामी राख्ने वार्डमा सारिएको छ।

उनको शरीरको तापक्रम पनि तेज गतिमा घटिरहेको बताइएको छ।

मिठाइ र खानेकुरा दिएर भोक हड्ताल तोडाउने कोसिस

नभाल्नीका वकिलका अनुसार भोक हड्तालको हरेक दिन नभाल्नीले एक केजी वजन घटिरहेको छ।

जेलका अधिकारीले उनको भोक हड्ताल तोडाउन उनको गोजीमा लड्डु, चिकेन रोस्ट छेउमा राखिदिने गर्दछन्। यद्यपी उनले भोक हड्ताल जारी राखेका छन्।

नभाल्नीलाई जेल सजाय दिइनु राजनीतिबाट प्रेरित अन्याय भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता जेन साकीले बताएकी छिन्।

नभाल्नीलाई किन जेलमा हालियो?

नभाल्नी पुटिनका कट्टर आलोचक हुन्। पुटिनको सरकार निकै भ्रष्ट भएको र भ्रष्टाचार गरेरै पुटिनले दरबार बनाएको नभाल्नीको आरोप छ।

झन्डै ८ महिनाअघि गतवर्षको अगष्ट २० मा नभाल्नीलाई विष खुवाएर हत्या गर्न खोजिएको थियो तर जर्मनीमा उपचार पाएपछि उनी बाँच्न सफल भएर यसैवर्षको जनवरीमा रुस फर्किएका हुन्।

तर स्वदेश फर्कनासाथ उनी गिरफ्तारमा परे। उनले आफूलाई विष खुवाएर हत्या गर्न खोज्ने रुसी राष्ट्रपति पुटिन नै भएको बताउने गरेका छन्।

पुटिनविरुद्धका आरोपहरुलाई सशक्त बनाउदै जाँदा उनलाई पक्राउ गरिएको हो।

सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो।

उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।

सुरुवातमा केही समय मात्र हिरासतमा लिइने बताइएको थियो तर यतिबेला उनीमाथि सोही मुद्दामा साढे ३ वर्षको जेल सजाय तोकिएको हो। त्यसकारण उनी जेलमा छन्।

अदालतको फैसला एक पक्षिय र राजनीति प्रेरित भएको भन्दै मस्कोमा बृहत प्रदर्शन समेत भएका थिए। अमेरिका, जर्मनी लागयतका मुलुकले नभाल्नीलाई जेलमा हालिनु अवैधानिक भएको बताएका थिए।

यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

रुसलाई बाइडेनको टोलीको चेतावनीः विपक्षी नेता नभाल्नीलाई तुरुन्त रिहा गर

जर्मनीपछि फ्रान्स र स्वीडेनको ल्याबले पनि भन्योः नभाल्नीलाई विष खुवाइएको थियो

के नभाल्नीलाई रुसी राष्ट्रपति पुटिनकै आदेशमा विष खुवाइएको हो?

एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .