ad ad

राजनीति


पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

नेपालखबर
माघ ११, २०७७ आइतबार ८:१५,

नभाल्नीलाई गिरफ्तार गरिएको दुई दिनपछि नै उनका समर्थकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्टाचारी पुष्टि गर्न नभाल्नीले बनाएको एउटा खोजमूलक भिडिओ सार्वजनिक गरेका छन्। नभाल्नीका समर्थकले आन्दोलनसमेत थालेका छन्।

हालसम्म्म यस भिडिओ करोडौंपटक हेरिएको छ। जहाँ पुटिनले भ्रष्टाचार गरेरै नयाँ दरबार खडा गरेको आरोप लगाइएको छ। उक्त दुई घण्टाको भिडिओमा नभाल्नीले बृहत अनुसन्धान गरेर उक्त दरबारको हरेक क्षेत्रको व्याख्या गरेका छन्।

नभाल्नीले पुटिनको सरकारलाई दोहोर्याउँदै भ्रष्टाचारी भनिरहेका छन्। गतवर्ष पुटिनले आफूलाई सन् २०३५ सम्म सत्तामै रहिरहनका लागि कानुन संशोधन गरेका थिए। उक्त कार्यको नभाल्नीले खुलेर विरोध जनाएका थिए।

त्यसको केही समयपछि नै नभाल्नीमाथि हत्या प्रयास भएको थियो। उनलाई गतवर्षको अगष्ट २० मा सोभियतकालिन विष ‘नर्भ एजेन्ट’ खुवाइएको थियो।

Jailed Alexei Navalny releases investigation into Vladimir Putin's '£1bn  palace' | World News | Sky News

यद्यपी जर्मनीमा उपचार पाएपछि नभाल्नीको ज्यान जोगियो। यस हत्या प्रयासमा पुटिनको हात रहेको नभाल्नीको आरोप छ। यद्यपी क्रेमलिनले आरोपहरुको खण्डन गर्दै आएको छ।

उपचार गराएर पाँच महिनापछि आफ्नो मुलुक रुसको मस्को पुग्नासाथ उनलाई प्रहरीले गत शनिबार पक्राउ गरेको छ।

सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो। उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई ३० दिनका लागि हाल थुनामा राखिएको हो।

नभाल्नीलाई पक्राउ गर्नासाथ पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाएको भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा पुटिनले भ्रष्टाचार गरेर दरबार बनाएको बताइएपछि यतिबेला रुसमा पुटिनको विरोधमा आन्दोलन सुरुवात भएको छ।

शनिबार मात्र रुसमा नभाल्नीलाई रिहा गर्न भन्दै ठूलो आन्दोलन भएको थियो। उक्त आन्दोलनमा ३ हजारभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नभाल्नीकी श्रीमती युलिया पनि गिरफ्तार भएकी छिन्।

Image shows Alexei Navalny in the videoनभाल्नी

भिडिओमा के छ? सरकार के भन्छ?

‘ब्ल्याक सि’ कृष्ण सागरको तटमा एउटा विलासी दरबार निर्माणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कालोधनको प्रयोग गरेको दाबीसहित नभाल्नीले खोजपूर्ण भिडिओ सार्वजनिक गरेका हुन्।

एक दिनमै उक्त भिडिओ दुई करोड ७० लाखभन्दा धेरै पटक हेरिएको बीबीसीले जनाएको छ।

भिडिओमा सो दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको उल्लेख गर्दै त्यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस’ दिइएको आरोप लगाइएको छ।

दरबार निर्माणका लागि पुटिनका गोप्य समूहका सदस्यहरूले अवैध धन उपलब्ध गराएको दाबी गरिएको छ। उक्त समूहमा तेल प्रमुख तथा अर्बपतिहरू भएको विश्वास गरिन्छ।

भिडिओमा नभाल्नीले भनेका छन्,“उनीहरूले आफ्नो मालिकका लागि यो पैसाले एउटा दरबार बनाइदिएका हुन्।’

दरबारमा रहेका विभिन्न संरचनाहरूको व्याख्या गर्दै भिडिओमा त्यहाँ जुवाघर, भूमिगत आइस हकी खेल्ने कम्प्लेक्स र मदिरा उत्पादन हुने ठाउँ रहेको उल्लेख गरिएको छ।

त्यहाँको तारबार पार गर्न नसकिने किसिमको रहेको भन्दै त्यहाँ अलग्गै सुरक्षा, गिर्जाघर, प्रवेश प्रणाली, उडान गर्न नमिल्ने व्यवस्था र सीमा जाँचबिन्दु रहेको नभाल्नीले भिडिओमा बताएका छन्।

उक्त दरबारको क्षेत्र रुसको अलग्गै राज्यजस्तो भएको नभाल्नीले बताएका छन्।

तर रुसी सरकारले उक्त सम्पत्ति राष्ट्रपति पुटिनको भएको अस्वीकार गरेको छ।

सरकारका प्रवक्ता दिमित्री पेस्कोभले सङ्घीय अधिकारीहरूले ब्ल्याक सीको तटीय क्षेत्रमा बनेको भव्य दरबार क्षेत्रलाई सुरक्षा दिइरहेको भन्ने दाबी झुठो भएको बताएका छन्। बीबीसी

(नभाल्नीले बनाएको भिडिओबारे रिपोर्ट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .