ad ad

राजनीति


एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

नेपालखबर
माघ २१, २०७७ बुधबार ५:४४,

तर यतिबेला रुसी अदालतले उनलाई साढे ३ वर्षको जेल सजाय तोकिदिएको छ।

नभाल्नीले पुटिनले नै आफूलाई विष खुवाएर हत्या प्रयास गरेको साथै उनको सरकार भ्रष्टाचारी भएको र भ्रष्टाचार गरेरै उनले दराबार बनाएको आरोप लगाउँदै आएका छन्।

यसबीचमा एक महिनाका लागि मात्र हिरासतमा राखिने भनिएका नभाल्नीलाई साढे ३ वर्षको जेल सजाय दिइएको हो।

पाँच महिनाअघि नभाल्नीलाई विष खुवाएर हत्या गर्न खोजिएको थियो तर जर्मनीमा उपचार पाएपछि उनी बाँच्न सफल भएका हुन्।

उपचारपछि गत महिनामात्र उनी स्वदेश फर्किएका थिए, तर फर्कनासाथ उनी गिरफ्तारमा परेका थिए। पुटिनविरुद्धका आरोपहरुलाई सशक्त बनाउदै जाँदा उनलाई पक्राउ गरिएको थियो।

सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो।

उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई गत महिना पक्राउ गरिएको थियो।

तर यतिबेला उनीमाथि सोही मुद्दामा साढे ३ वर्षको जेल सजाय तोकिएको हो। अदालतको फैसला एक पक्षिय र राजनीति प्रेरित भएको भन्दै मस्कोमा मंगलबार बृहत प्रदर्शन भएको थियो।

बीबीसीका अनुसार उक्त प्रदर्शनमा उत्रिएकामध्ये १४ सयलाई प्रहरीले गिरफ्तार गरेको छ। आफ्ना आवाजहरु दबाउन रुस सरकारले आफूविरुद्ध विभिन्न योजना बनाएको नभाल्नीले पहिल्यैबाट बताउँदै आएका छन्।

रुसमा गत महिनाबाटै नभाल्नीको पक्षमा आन्दोलन चर्किएको छ। नभाल्नीलाई रिहा गर्नुपर्ने भन्दै हाल रुसका नागरिकहरु असन्तुष्ट भएका छन्।

गत महिना नभाल्नीको रिहाईको माग गर्दै अमेरिका, जर्मनी लगायतका मूलुकले विरोध जनाएका थिए।

यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

रुसलाई बाइडेनको टोलीको चेतावनीः विपक्षी नेता नभाल्नीलाई तुरुन्त रिहा गर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .