राजनीति


रास्वपा विधानमा सभापतिले चाहेमा जुनसुकै बेला संसदीय दलको नेता फेर्न सक्ने व्यवस्था

रास्वपा विधानमा सभापतिले चाहेमा जुनसुकै बेला संसदीय दलको नेता फेर्न सक्ने व्यवस्था

नेपालखबर
असार २२, २०८३ सोमबार १८:२८, काठमाडौँ

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलका नेता फेरबदल गर्नेदेखि चाहेजति वरिष्ठ नेता बनाउन पाउने प्रावधान सभापतिमा केन्द्रित गरेको छ।

रास्वपाको सोमबार सार्वजनिक गरिएको विधान कार्यान्वयनमा गइसकेको छ। चितवनमा असार ७ देखि १२ गतेसम्म भएको प्रथम महाधिवेशनबाट पारित गरिएको विधानअनुसार, जुनसुकै बेला संसदीय दलको नेता परिवर्तन गर्न पाउने व्यवस्था राखिएको छ। 

फागुन २१ गतेको प्रतिनिधि सभाको चुनावमा १८२ सिट जितेको रास्वपाले वरिष्ठ नेता वालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता बनाएको छ। तर, पार्टीको चौथो संशोधित विधान, २०८३ अनुसार सभापतिले चाहे जुनसुकै बेला पनि शाहलाई फिर्ता बोलाउन सक्ने प्रावधान राखिएको छ। पार्टीको सम्पूर्ण शक्ति सभापति रवि लामिछानेमा केन्द्रित गरेको छ। 

रास्वपाले यसअघि सामूहिक निर्णय प्रक्रिया र विकेन्द्रीकरणलाई जोड दिने दाबी गरेको थियो। तर, संशोधित विधानमार्फत सभापतिलाई कतिपय सवालमा सुप्रिम कमान्डर झै शक्तिशाली बनाएको छ। विशेष गरी पार्टीका वरिष्ठ नेताहरू, सचिवालय सदस्यहरू र केन्द्रीय कमिटी थपघट वा हेरफेर गर्ने सम्पूर्ण जिम्मा संस्थागत प्रणालीलाई बाइपास गर्दै सभापति लामिछाने एक्लैलाई दिइएको छ।

यसअघिको विधानमा रास्वपाले छरितो संगठन बनाउने बताएको थियो। तर, संगठन विस्तार र नेता व्यवस्थापन गर्न भन्दै नयाँ विधानमा केन्द्रीय सदस्यको संख्या बढाएर १५८ बनाइएको छ। त्यस्तै, पार्टीको मूल राजनीतिक सिद्धान्त मानिएको संवैधानिक समाजवादलाई समेत परिमार्जन गरी नयाँ विधानमा सामाजिक लोकतन्त्र बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad