राजनीति


जुन्ता शासकको विरोध गर्ने कलाकार पाइङ ताखोन गिरफ्तार गर्न पुग्यो आठ ट्रक सेना

जुन्ता शासकको विरोध गर्ने कलाकार पाइङ ताखोन गिरफ्तार गर्न पुग्यो आठ ट्रक सेना

नेपालखबर
चैत २६, २०७७ बिहिबार ९:५,

यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ।

ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन।

उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन्। उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए।

अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन्।

उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ। यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ।

त्यसका विरुद्धमा म्यान्मारमा शुरुदेखि नै विरोध भइरहेको छ। सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन्।

Paing Takhon holding up a signपाइङ ताखोन

पाइङ ताखोन म्यानमारको याङ्गुनबाट दक्षिणी शहरमा बस्दै आएका थिए। आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सैनिकका ट्रकमा करिब ५० जना सेना आएका थिए।

उनलाई बिहीबार बिहानै निवासमै आएर सेनाले पक्राउ गरी लगेको थियो। ती कलाकार विरामी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ लगेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन्।

हालसम्म सैन्य शानको विरोध गर्ने ५ सयभन्दा बढी मानिसमाथि गोली प्रहारबाट हत्या भइसकेको छ। एएफपी

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad