नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहसँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री शाह नरहेको पनि जिकिर गरे।
आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए। ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ।
संयोजक दाहालले भने, ‘मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले। प्रचण्डको कहिले १४० अर्ब छ दुबईमा भन्या छ तपाईंहरू पनि दिमाग खराब भएको होला तीन चोटी त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो।’
उनले थपे, ‘केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो। यो बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओली काफी थिए। केपी ओलीले यति खोजेको हुन् हाम्रो कहाँ छ कति छ यिनलाई फसाउने कसरी र सिध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् हामीलाई सिध्याउने।’
तैपनी वामपन्थी आन्दोलन चाहिन्छ भनेर आफू फेरि सहकार्यको गर्न चाहेको प्रचण्डले बताए।
‘अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस्’ उनले भने।
Shares

प्रतिक्रिया