नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका नाममा तमासा देखाउँदै हिँडेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले निर्माण सम्पन्न भएर प्रयोगमा आएको दुई वर्षपछि पुल र ठेक्कै नलागेका सुनकोशी मरिन ड्राइभर्सनको शिलान्यास गरेको आरोप लगाए।
‘गर्नुपर्ने काम गरेको छैन मिथ्यांक ल्याएको छ, गफ चुटेको छ, बसेको छ। यो भयो भनेको छ, त्यो भयो भनेको छ। हुँदा हुँदा निर्माण सम्पन्न भएर दुई वर्ष अगाडिदेखि प्रयोगमा आएको पुलको समेत उद्घाटन गरेको छ। सिन्धुलीको राप्तीको पुल चालु भएको दुई वर्ष भइसक्यो। ठेक्का लागेको छैन सुनकोशी मरिन ड्राइभर्सनको शिलान्यास गरेको छ’, थापाले भने, ‘बीचबाटोमा पुगेका कामको शिलान्यास र काम सम्पन्न भएर प्रयोगमा आएको दुई वर्षपनि उद्घाटन र शिलान्यास गरेको छ। सब स्टेसन चार्ज भएको कहिले? अस्ति गएर बटन थिचेको छ। यो के रमिता हो।’

प्रतिक्रिया